काठमाडौंबाट ५१ किलो हेरोइन बरामद, सात अफ्रिकी नागरिक पक्राउ


२०७९ असार २ बिहीबार ०१:०७ बजे

काठमाडौँ । प्रहरीले ठूलो परिमाणमा हेरोइनसहित सात जना अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ । ५१ किलो लागुऔषध हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

ब्यूरोका अनुसार नेपालमा एकसाथ बरामद भएको यो हेरोइन अहिलेसम्मकै धेरै हो । उनीहरुको साथबाट ४९ किलो सेतो र दुई किलो खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पछिल्ला चार दिनमा उक्त परिमाणको हेरोइन बरामद गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो । हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७