बाढीले सडक बगायो, यातायात बन्द


२०७९ असार २ बिहीबार ०१:२२ बजे

रामेछाप । गए रातिको बाढीले सडक कटान गर्दा रामेछापको लिखु तामाकोशी गाउँपालिकाको धोबिसिरिसे हुँदै ओखलढुङ्गातर्फ जाने सडक अवरुद्ध भएको छ । सैपुको खाल्टेखोलामा बाढीले सडक काटेकोले यातायातका साधन रोकिएका छन् ।

सैपुका वडाअध्यक्ष सन्तोष पौडेलका अनुसार ओखलढुङ्गातर्फ जाने-आउने यातायातका साधनले सैपु दिलौरी र सिरीसे रातामाटा हुँदै गोठगाउँतर्फको वैकल्पिक सडक प्रयोग गर्न सक्नेछन् । खोलामा बाढी घटेपछि मर्मत गरी सडक सञ्चालनमा ल्याइने पौडेलले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७