कांग्रेस वरिष्ठ नेता पौडेलले गरे मतदान

तनहुँ । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । पौडेलले तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती मावि केन्द्र पुगेर मतदान गरेका हुन् ।
पौडेल मतदानका लागि बिहान ७ बजे नै मतदान स्थल पुगेका छन् । व्यास नगरपालिकामा कांग्रेसका बैकुण्ठ न्यौपाने मेयर उम्मेदवार छन् ।