पोखरामा अन्ततः ‘अटेरी’ ले पायो लौरो


२०७९ बैशाख १७ शनिबार ००:०३ बजे

पोखरा । निर्वाचन आयोगले कास्कीको मतपत्रमा लौरो चुनाव चिह्न पनि प्रकाशन गर्ने भएको छ । पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रहेका अटेरी अभियानका संयोजक गनेश पौडेल (खडकराज) सहितले लौरो चिह्न पाउनु पर्ने भन्दै प्रदर्शन गरेका थिए ।

पोखरामा स्वतन्त्र उम्मेदवार सात भए पनि अटेरी समूहले आठौं लहरमा रहेको चिह्न लौरो पाउनुपर्ने अडान लिँदै प्रदर्शन गरिएको थियो । उनीहरूले आज (शनिबार) बिहान लौरो चिह्न रोजे पनि स्वतन्त्र उम्मेदवारको संख्या सात मात्र भएका कारण मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त चिह्न दिन नसकिने भन्दै उम्मेदवारलाई जानकारी गराएको थियो ।

सो विषयमा विरोध भएपछि कार्यालयले आयोगमा जानकारी गरायो । आयोगले कास्कीको हकमा लौरो चिह्नसहितको मतपत्र प्रकाशन गर्ने भएपछि उक्त चिह्न उम्मेदवार खडकराज पौडेल (गनेश) लाई दिइएको कार्यालयका सूचना अधिकारी नील पनेरुले जानकारी दिए ।

यसअघि मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले आफूले उनलाई अर्को चिह्न रोज्न अनुरोध गरेको बताएका थिए । मेयरका उम्मेदवार पौडेलले निर्वाचन कार्यालयले गल्ती गरेकाले आफूले अर्को चुनाव चिह्न नलिने अडान राखेका थिए । उनले अरु दलको दबावमा आफ्नो चुनाव चिह्न फेर्न लागेको आरोप पनि लगाएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७