महाशिवरात्रीको पूर्वसन्ध्यामा पाशुपत क्षेत्र (तस्बिरहरू)


काठमाडौं, १७ फागुन । शिवरात्रिको पूर्वसन्ध्यामा सोमबार साँझ पशुपति क्षेत्रमा साधुसन्त एवं भक्तजनहरुको भिड लागेको छ ।
शिवरात्रिलाई लक्षित गर्दै सिँगारिएको पशुपति क्षेत्रको दर्शन एवं आरती हेर्न जानेहरुले पशुपति परिसर एवं वाग्मती किनारा खचाखच भएको हो । पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाइएको छ। सो कार्यका लागि करिव ५० लाख खर्च भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ। भोलि फागुन १७ गते महाशिवरात्री पर्व परेको छ। महाशिवरात्रिको अघिल्लो दिन सोमबार साँझ पशुपति क्षेत्रमा चहलपहल निकै बढेको छ। महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ।

हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति बिकास कोषले जनाएको छ।

शिवरात्रीको अवसरमा नेपालसहित भारत र श्रीलंकाबाटसमेत साधुसन्त तथा बाबाहरुको उपस्थिति हुने गरेको छ। यस वर्ष साधु सन्तका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ।

मूल मन्दिरतर्फ भने मंगलबार दर्शन गर्न आउने भक्तजनहरुको लागि लाइन लाग्ने लगायतको व्यवस्थापनको कार्य पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले मंगलबार ५० लाख दर्शनार्थीले मन्दिर अवलोकन गर्ने आकलन गरेको छ । त्यसको लागि सोमबार साँझै त्यसको व्यवस्थापन मिलाइएको छ ।

विभिन्न ठाउँमा तीन वटै सुरक्षा निकाय एवं विभिन्न अस्पतालहरुले स्वास्थ्य शिविर सुरु गरिसकेको छ । कोषले मंगलबार दर्शनार्थीलाई सहज होस् भन्नको लागि ५ ठाउँबाट प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

हेर्नुहोस् तस्बिरहरू

लेखक चिनारी

प्रविन कुलुङ राई
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७