सिद्धिविक्रम शाह एआईजीमा बढुवा, कार्य विभागमा पदस्थापन


२०८२ जेठ १५ बिहीबार ११:०३ बजे

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले शाहलाई रिक्त एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई बढुवा गर्न जेठ ६ गते सिफारिस गरेको थियो । बढुवासँगै शाह कार्य विभागमा पदस्थापन भएका छन् ।

जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाश भएपछि कार्य विभाग प्रमुखविहीन छ । आचार्य अवकास हुनु एकसाता पहिले नै शाहलाई सिफारिस गरिएको थियो । आफ्नो ब्याचबाट शाह एआईजी बन्ने पहिलो अधिकारी हुन् । उनका ब्याचका अरू प्रहरी अधिकृत डीआईजीसम्म मात्रै छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७