युक्रेनमा रहेका नेपालीहरूको चाँडो उद्धार गर्न अखिल (क्रान्तिकारी) को माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले युद्धग्रस्त युक्रेनबाट नेपाली नागरिकको अविलम्ब उद्धार गर्न माग गरेको छ ।
शुक्रबार अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नागरिकमाथि सुरक्षा चुनौती बढ्दै गएको भन्दै तत्काल उद्धार कार्य अघि बढाउन सरकारसँग माग गरेकी हुन् । विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक विपत्ति, महामारी आदिका कारण सुरक्षा चुनौती आइपर्दा जिउधनको रक्षा गर्ने कर्तव्य राज्यको हुने स्मरण पनि गराइएको छ ।
‘कूटनीतिक पहल गर्न र आर्थिकलगायत प्रबन्ध गरी अफ्ठ्यारोमा परेका नेपाली विद्यार्थी र नागरिकको अविलम्ब उद्धार गर्न जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
.gif)

.png)

