सञ्चारमन्त्रीले एमसीसी टेबल गर्ने
काठमाडौं । प्रतिनिधि सभाको कार्य व्यवस्था समितिको बैठक सकिएको छ । बैठकले एमसीसी संसदमा टेबल गर्ने निणर्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी प्रस्तुत गर्ने कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
अर्थमन्त्री जनार्दन शर्माको स्वास्थ्यमा समस्या देखिएकाले घरमै आराम गरिरहेको बताइएको छ । स्वास्थ्यमा समस्या देखिएकै कारण उनी आज अर्थ मन्त्रालय समेत गएका छैनन् । त्यही भएर आज सञ्चारमन्त्रीले एमसीसी टेबल गर्न लागेका हुन् ।