आज पनि एमसीसी संसद् बैठकमा टेबल नहुने, देउवा आन्तरिक छलफलमा


२०७८ फाल्गुण ६ शुक्रबार १७:५१ बजे

काठमाडौं । आज (शुक्रबार) पनि एमसीसी संसद् बैठकमा टेबल नहुने भएको छ । बिहान सहमति जुटाउन भन्दै बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् ।

नेपालले पार्टीको स्थायी कमिटी बसेर औपचारिक धारणा बनाउने भन्दै प्रधानमन्त्रीसँग एमसीसीमा हतार नगर्न आग्रह गरेपछि आजको संसद् बैठकमा पनि एमसीसी टेबल नहुने भएको हो । बिहान बसेको सत्ता गठबन्धनको बैठक एक घण्टामा नै सकिएको थियो । अर्को बैठक पर्सी १० बजे फेरि बस्ने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

संसद् बैठक दिउँसो १ बजे बस्दैछ । यसैबीच, सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र कांग्रेसकै नेताहरुसँग आन्तरिक परामर्शमा जुटेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७