नेपाल विश्वकप छनोटका लागि सक्षम छ : सन्दीप लामिछाने


२०७८ फाल्गुण ५ बिहीबार ०६:४२ बजे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले नेपाल फेरि टी-२० विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् ।

आईसीसी पुरुष टी-२० विश्व कप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानसँगको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अस्ट्रेलियामा हुने विश्व कपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।

प्रशिक्षक दासानायकेले खेलाडीहरूको प्रदर्शन तथा तीन वटै खेलको आधारमा विश्व कप छनोटका लागि सक्षम छौँ भन्ने लागेको बताएका छन् । सबैको अन्तिम उद्देश्य भनेको नेपाललाई विश्व कपमा पुर्‍याउने नै भएको समेत उनले बताएका छन् ।

यस्तै कप्तान लामिछानेले कसरी र के गरी सफलता हासिल गर्ने भन्ने विषयमा योजना बनाएर अघि बढिरहेको बताए । कप्तान लामिछानेले नेपाल विश्व कप छनोटका लागि सक्षम रहेको विश्वास व्यक्त गरेका छन् ।

टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानमा छ । ग्लोबल छनोटको समूह ’ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ’बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । छनोट खेल भोलि शुक्रवारदेखि हुँदैछ । फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्व कप खेल्ने छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७