आन्दोलनका थप रणनीति तय गर्न बारको बैठक बस्दै


२०७८ मङ्सिर ३ शुक्रबार ००:१३ बजे

काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनको थप रणनीति बनाउन नेपाल बार एशोसिएसनको बैठक बस्दैछ । चौथो चरणको आन्दोलनका कार्यक्रम सकिने दिन आज अर्थात् शुक्रबार दिउँसो १ बजेतिर बारको बैठक बस्न लागेको हो । बैठकमा सर्वोच्च बार र सल्लाहकार समितिको पनि उपस्थित हुने बारले जनाएको छ ।

करिब ४ हप्तादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै धर्ना र प्रदर्शन गर्दै आएको बारले थप आन्दोलन कार्यक्रम तय गर्न लागेको हो । जबराको राजीनामा नआएसम्म आन्दोलनलाई निरन्तरता दिने बारको रणनीति छ ।

यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीशहरु भने आजदेखि इजलास फर्किने भएका छन् । गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोकिने भएपछि इजलासमा फर्कन लागेका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७