दोलखा कांग्रेस सभापति जुवाखालबाट पक्राउ, ६ लाख बरामद


०३:०९ बजे

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा काठमाडौंको जुवाखालबाट पक्राउ परेका छन् । बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ । सागर लामाको फ्ल्याटमा जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । सागर लामाले पेसेवररुपमा नै जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी हाल फरार रहेको प्रहरीको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७