दल फुटाउने अध्यादेश आउनै लाग्दा ओलीले डाके लगातार दुई बैठक


२०७८ भदौ १ मंगलबार २०:३० बजे

काठमाडौं, १ भदौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (मंगलबार) लगातार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास (बालकोट) मा सोमबार रातिसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले स्थायी कमिटी र संसदीय दलका बैठक मंगलबार राख्ने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार स्थायी कमिटीको बैठक अहिले बिहान ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन तथा संसदीय दलको बैठक दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बस्ने छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित सत्ता गठबन्धनले दल विभाजनसम्बन्धी अध्यादेशको मस्यौदा तयार पारिसकेको परिप्रेक्ष्यमा एमालेले एकै दिन आज दुईटा बैठक राख्न लागेको हो । सरकारले केही दिनभित्रै ल्याउन लागेको अध्यादेशको मस्यौदाअनुसार पार्टी फुटाएर नयाँ दल खोल्न केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एउटामा एकचौथाइ अर्थात् २५ प्रतिशत संख्या भए पुग्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७