विजुलीको पोलमा कार ठोक्किँदा व्यवसायीको गयो ज्यान


२०७८ असार २७ आइतबार १८:४७ बजे

मोरङ, २७ असार । मोरङको विराटनगरमा शनिबार राति भएको सवारी दुर्घटनामा एक व्यवसायीको मृत्यु भएको छ । कोशी लोकमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स उद्योग अगाडि सवारी दुर्घटनामा परी विराटनगरका ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । आचार्य विराटनगरको खारजीमा हार्डवेयर व्यवसायमा संलग्न रहँदै आएका थिए ।

प्रदेश–१ ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी नायक उपरीक्षक सुमन तिमल्सिनाका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार राति ११ः४५ बजेतिर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।

न्युरो अस्पतालमा उपचारको क्रममा आज आइतबार बिहान ५ः१५ बजेतिर आचार्यको मृत्यु भएको हो । कारमा सवार चालक बूढीगंगा का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगरका २० वर्षीय विवेक नेपाल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको विराट र न्युरो उपचार भइरहेको छ । चालकले मादक पदार्थ सेवन मापसे गरेर कार तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७