कंगना रनवटको नयाँ अवतार, पारिश्रमिक १० करोड


२०७४ फाल्गुण १६ बुधबार १३:०७ बजे
  कंगना रनवट बलिउडकी यस्ती अभिनेत्री हुन्, जसले हिरोले बराबर पारिश्रमिक डिमान्ड गर्छिन् । हिरो बराबर मात्र होइन, त्यो भन्दा बढी पनि । कंगनाले फिल्म ‘रंगून’का लागि आफ्ना अपोजिट शाहिद कपुरले भन्दा बढी पारिश्रमिक लिएकी थिइन् । उनको पारिश्रमिक भारु १० करोड हाराहारीमा छ । कंगना नै यस्ती अभिनेत्री पनि हुन्, जसले सिंगो फिल्म बोक्न सक्छिन् । अर्थात उनकै बलमा पनि फिल्म चल्छ । रिवल्भर रानी, क्वीन त्यसैको उदाहरण हुन् । बलिउड अभिनेत्रीमा कंगनाको उचाई जुन रफ्तारमा बढ्यो, त्यो असन्तुलित पनि रह्यो । करियरको उत्कर्षमा उनी निकै विवादित बनिन् । विवादको उत्खनन् भने उनी आफैले गरिन् । खासमा अभिनेता हृतिकलाई गोप्य इमेल पठाउने कुरा उप्काएर उनले विवादको बिऊ रोपिन् । ‘लहरो तान्दा पहरो गर्जन्छ’ भनेझै हृतिकको गोप्य इमेल कान्डले अरु थुप्रै बलिउड अभिनेतालाई ‘बिटुलो’ बनाइदियो । र, यो प्रकरणले उल्टै कंगनालाई नराम्ररी पछार्‍यो । उनी विवादै विवादको भूँमरीमा फँसिन् । कतिसम्म भनियो भने, बलिउडका इभेन्टहरुमा कंगनालाई निम्तो दिन छाडियो । त्यती मात्र होइन, उनले ब्वाइफ्रेन्डलाई मासिक स्रावको रगत समेत पिउन लगाइन् । भलै, यी हल्लाहरु अहिले मत्थर भइसकेका छन् । अहिले भने उनी धमकेदार रुपमा प्रस्तुत हुँदैछ, फिल्म मणिकणिर्काः झाँसी की रानीमा । यो फिल्म निकै भव्य भएको वताइन्छ । पौराणिक कथामा आधारित भएकाले फिल्म पद्यावत वा बहुबली जस्तै हुने अनुमान गरिएको छ । फिल्म रानी लक्ष्मीबाईको जीवनमा आधारित छ ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७