पराजुलीको आदेश प्रतिशोधपूर्ण : चौतारी


२०७४ फाल्गुण १५ मंगलबार १७:३८ बजे
काठमाण्डौं, १५ फागुन : प्रधानन्यायाधीश गोपाल पराजुलीले कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई लिएर चलाएको मानहानी मुद्दाप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानकर्षण भएको भन्दै आपति जनाएको छ । मंगलबार जारी वक्तव्यमा नेपाली सञ्चारकर्मी र आमसञ्चार माध्यम समेतको संघर्षको जगमा बनेको नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले सञ्चारमाध्यममा कुनै सामग्री प्रकाशन तथा प्रसारण गर्नु उसको संवैधानिक अधिकार भएको उल्लेख गर्दै सञ्चार माध्यमले पनि समाचार प्रकाशन र प्रशारण गर्दा संविधान र प्रेस जगतले अवलम्बन गर्दै आइरहेका नीति, नियम, मुल्य–मान्यता र आर्दशलाई पालना गर्नुपर्छ भन्नेमा प्रेस चौतारी नेपाल दृढ रहेको जनाएको छ । महासचिव राजेश राईद्वारा हस्ताक्षरित वक्तव्यमा प्रधानन्यायाधीश पराजुली आफैं मुद्दाको पक्ष भएको मामिलामा समाचार लेख्दा अवहेलनामा कार्वाही चलाउनुले प्रतिशोधको भावना लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको प्रश्न उठेको उल्लेख छ । न्यायलयबाटै संविधान र न्यायिक मान्यता विपरितका यस्ता प्रतिशोध र अहंपूर्ण आदेश आउनु आफैंमा बिडम्बनापूर्ण भएको भन्दै संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने काम नहुनेमा विश्वस्त रहेको जनाएको छ । स्वतन्त्र प्रेस माथि जुनसुकै निकायबाट हुने हस्तक्षेपको विरुद्धमा सधैं दृढतापूर्व उभिने पनि चौतारीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७