काठमाडौं: नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबारदेखि शनिबारसम्म सम्पन्न महाधिवेशनले ५९ सदस्यीय केन्द्रीय कमिटी र २२ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन गरेको हो ।
संगठनको अध्यक्षमा मदनकुमार आचार्य, वरिष्ठ उपाध्यक्षमा घनेन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्षमा सिएन पाण्डे, सीताराम सापकोटा, कृष्णकुमार अर्याल, सूर्यबहादुर भुजेल, कृष्णहरि खत्री, टीकाराम गुरुङ र राजेन्द्रप्रसाद सापकोटा चयन भएका छन् ।
महासचिवमा पूर्णबहादुर कुँवर, उपमहासचिवमा कृष्णराज भट्टराई र पूर्णचन्द्र भुषाल चयन भएका छन् ।सचिवहरुमा शिव लामिछाने, कुमार थापा, विरेन्द्रबहादुर अधिकारी, यमबहादुर खड्का, नारदकुमार लुइटेल, लक्ष्मण लम्साल, ङावाङिमा शेर्पा र मदन भण्डारी चयन भएका छन् ।
कोषाध्यक्षमा कलाधर बराल र सहकोषाध्यक्षमा तारानाथ लामिछानेलाई सर्वसम्मत चयन गरिएको संगठनको सचिवालयले जनाएको छ । प्रथम बैठकले माधव नेपाल, भुवन पाण्डे, ठाकुर पाण्डे, पशुपति शर्मा, सुमन नेपाल, वाङ्छु शेर्पा, टोम सोपकोटा र जया बराललाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ ।