निजी र सरकारी दुबै अस्पतालले शैंया विवरण दैनिक स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने


०२:२७ बजे

काठमाडौं, २० बैसाख । अब सरकारी र निजी सबै अस्पतालले दैनिक रुपमा आफ्नो अस्पतालमा प्रयोग भएका र खाली रहेका शैयाको अद्यावधिक विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने छ । नपठाउने अस्पतालाई सरकारले कारवाही गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै त्यसरी विवरणको अध्यावधिक विवरण नपठाउने अस्पताललाई सरकारले कारवाही गर्ने बताए ।

‘सबै सरकारी तथा निजी अस्पतालले आफूसँग खाली भएका तथा प्रयोग भएका बेडको दैनिक अध्यावधिक गर्ने र त्यसको विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनु पर्नेछ’, ओलीले भने, ‘नपठाउनेलाई कारवाही हुनेछ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७