ग्लोबल आईएमई बैंकको खुद मुनाफा ३ अर्ब ५८ करोड, वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड नाघ्यो


२०७८ बैशाख १५ बुधबार ११:३९ बजे

काठमाडौं,१५ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रुपैयाँ अर्थात ३२.४० प्रतिशत बढी हो ।

खुद मुनाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा राम्रो सुधार भएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १८ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २२ रुपैयाँ ५ पैसा कायम भएको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

बैंकले आफ्नो व्यवसायमा गरेको बृद्धि, सञ्चालन खर्चहरूमा अपनाएको मितव्ययिता, डिजिटलाइजेशनतर्फ गरेको लगानी, वित्तीय साधन स्रोतको प्रभावकारी उपयोग तथा कर्जा असुलीमा प्राथमिकता जस्ता नीतिहरूको सफल कार्यान्वयनबाट उल्लेखित वित्तीय प्रगति गर्न सफल भएको छ ।

विगत ९ महिनामा बैंकको निक्षेप २ खर्ब २६ अर्ब ६४ करोड रूपैयाँबाट बढेर २ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको खुद कर्जा लगानी १ खर्ब ९८ अर्ब रूपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको आषाढ मसान्तमा १।७६ प्रतिशत रहेको निश्कृय कर्जा चैत्र मसान्तसम्म क्रमिक सुधार भइ १.६१ प्रतिशत रहेको छ ।

बैंकको आधार दर ९,४१ प्रतिशतबाट ६.४० प्रतिशतमा र स्प्रेड दर ५.१८ प्रतिशतबाट ४.१७ प्रतिशतमा झरेको छ । बैंकको आधार दरमा आएको उल्लेख्य गिरावटबाट बैंकका ग्राहकहरू समेत प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । साथै बैंकले नेपाल राष्ट्र बैंकबाट प्राप्त गरेको पुर्न कर्जाले आफ्ना ग्राहकहरुको व्यापार व्यवसायमा थप सघाउ पु¥याउन सकेकाले बैंकको व्यवसायिक कदमहरू ग्राहकहरुको हितका लागि भएको बैंकको दावी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७