लिफ्टमा चेपिएर गयो ज्यान
सुनसरी, १५ बैसाख । सुनसरी दुहबी नगरपालिका ८ फुटानी चोकस्थित पशुपती फ्याक्ट्रीका एक मजदुरको लिफ्टमा चेपिएर मृत्यु भएको छ ।
मंगलबार बेलुका ९ बजे सो फ्याक्ट्रीमा दुई तलामाथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर भारत बिहार सम्सतिपुरका १९ वर्षीय रुपेश कुमारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।