विशेष अधिवेशनकै बीच गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना


२०७८ बैशाख १५ बुधबार १३:४४ बजे

पोखरा, १५ बैसाख । गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण भएको छ । नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउने तयारी भइरहेका बेला संक्रमणको खबर सार्वजनिक भएको हो । प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ ।

पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए । अविश्वास प्रस्तावमा विहीबार मतदानको तयारी छ । प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७