२०७७ चैत २५ गते बुधबारको तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा दुविधा पनि उत्पन्न हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईले संकल्पसिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने छ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धार्मिक सामाजिक कार्यमा विशेष रुची रहनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्थान परिवर्तनका विशेष योग देखिन्छन् । मनोरञ्जनमा सहभागी भइएला । रोकिएको धन हात पर्नेछ, तर साँझमा पैसा खर्च हुने योगछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कार्यमा रुची जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज घुमघाम र सफल भ्रमणमा दिन बित्नेछ । । सामाजिक कार्यमा सफलता मिल्ने छ । शेयर बजारको कारोबारबाट लाभ पनि मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्ने छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल