बादललाई सबै निकट नेताले भने, ‘संसद विघटन प्रतिगामी हो’ साथ दिन सक्दैनौं’


२०७७ पौष ६ सोमबार १०:२८ बजे

काठमाडौं, ६ पुस । पछिल्लो समय नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राजनीतिक संकटमा परेका छन् ।

पार्टीभित्रको आन्तरिक विवादमा प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएका उनलाई उनकै समूहका अधिकांश नेताले भने साथ नदिने भएपछि उनी अप्ठ्यारोमा परेका हुन् ।

संसद विघटनमा प्रधानमन्त्री ओलीतर्फ लागेका थापालाई उनी पक्षीय अरु नेताले संसद विघटन प्रतिगामी कदम भएकाले साथ दिन नसकिने प्रष्ट गरेका छन् । आज (सोमबार) आफू निकट नेतासँग गरेको छलफलमा पम्फा भुसाल, देव गुरुङलगायत २० जनाभन्दा बढी नेताले संसद विघटन प्रतिगामी भएकाले साथ दिन नसकिने प्रष्ट गरेका हुन् ।

माओवादीकालदेखि नै साथ दिएका नेताहरुले संसद विघटनमा समर्थन गर्न नसकिने जवाफ दिएपछि थापा ओलीले बोलाएको सांसदहरुको भेला पनि अनुपस्थित भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७