नोबेल अस्पतालमा सुनसरीका दुई कोरोना संक्रमितको मृत्यु


२०७७ मङ्सिर १० बुधबार ०४:३४ बजे

सुनसरी, १० मंसिर । कोरोना भाइरस संक्रमणबाट मोरङको विराटनगरमा सुनसरी दुई जनाको ज्यान गएको छ । उनीहरुको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मंगलबार राति मृत्यु भएको हो ।

धरानकी एक महिला र रामधुनीका एक पुरुषको मृत्यु भएको हो । सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषको राति ११ः४० बजेतिर मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका पुरुषको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि पुरुषलाई बचाउन नसकिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि राति ९ः१५ बजेतिर नोबेलमै मृत्यु भएको छ । दाहालका अनुसार महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।

महिलामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको उनले बताए । अस्पतालले दुवै मृतकमा कुनै दीर्घ रोग भए–नभएको बारेमा केही पनि खुलाएको छैन । दुवै शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको दाहालले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७