कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रेबाट तिर्न सकिने
काठमाडौं, कात्तिक १८ । कर्मचारी सञ्चयकोषबाट लिइएको ऋणको साँवा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाबाट सहजै भुक्तान गर्न सकिने भएको छ।
कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंक पहिलो भएको बैंकले विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
यस व्यवस्थाले कर्मचारी सञ्चयकोषका ऋणीहरुलाई कर्जा भुक्तानीगर्न कर्मचारी सञ्चयकोष धाउन नपर्ने भएको छ।
यस अघि माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चयकोषबीच कोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको थियो।
सो अनुरुप बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ।