आज थपिएका २१ सय २० कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?
काठमाडौं, १७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १२ हजार ९७८ जनामा पिसिआर परीक्षण गर्दा २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २ हजार ४४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ८४ हजार ५ सय ७० जनामा संक्रमण भएको छ भने ६२ हजार ७४९ जना डिस्चार्ज भएका छन् ।
आज (शनिबार) कुन जिल्लामा कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा प्रदेश-१ को उदयपुरमा ७, ओखलढुंगामा ४, खोटाङमा ५, झापामा ९, धनकुटामा १, मोरङमा १ सय ११, संखुवासभामा ३ र सुनसरीमा १ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश-२ को धुनषामा १३, पर्सामा १८, बारामा २५, महोत्तरीमा ५, रौतहटमा ८२, सप्तरीमा १९, सर्लाहीमा ५ र सिरहामा ८ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र एक हजार एक जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १४, चितवनमा ७५, दोलखामा ४, धादिङमा ८, नुवाकोटमा ८, भक्तपुरमा ६७, मकवानपुरमा १२, रामेछापमा ६, ललितपुरमा १ सय ९, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २२, गोरखामा ६, तनहुँमा १०, नवलपरासी पूर्वमा ८, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ३, बाग्लुङमा १ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश-५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ४, नलवपरासीमा ६, पाल्पामा ७, प्युठानमा ६, बर्दियामा १०, बाँकेमा १९, रोल्पामा १ र रुपन्देहीमा ९८ जनामा कोरोना पाइएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ९ र सुर्खेतमा ४३, सुदूरपश्चिमको कञ्चनपुरमा ५, कैलालीमा ९३, डडेल्धुरामा २, दार्चुलामा १, बझाङमा १ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।