कोरोनाबाट विश्वमा ९ लाख बढीको मृत्य, यी हुन् बढी मृत्यु भएका देश
काठमाडौं, २४ भदौं । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ लाख नाघेको छ ।
गएको २४ घण्टामा चार हजार दुई सय सात जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या नौ लाख सात सय ६३ जना पुगेको हो । गएको २४ घण्टामा दुई लाख ३४ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७७ लाख १५ हजार भन्दा धेरै भएको छ ।
सङ्क्रमितमध्ये एक करोड ९८ लाख दुई हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । गएको २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ सङ्क्रमित थपिएका र एक हजार एक सय सात जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएरको छ ।
अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र ज्यान जानेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखी उच्च संख्यामा बिरामी थपिएका छन् ।