आजदेखि देशभर ठूलो पानी पर्ने, यी प्रदेशमा बाढी, पहिरो र डुबानको ‘खतरा’


१३:१७ बजे

काठमाडौं, २४ भदौं । आज (बुधबार) देखि देशका अधिकांश स्थानमा ठूलो पानी पर्ने मौसमविदले जानकारी दिएका छन् ।

पछिल्लो ६ घण्टामा इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहूँ, कास्की नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङलगायतका जिल्लाका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश– १, २, बागमती, गण्डकी र प्रदेश–५ का विभिन्न स्थानमा भारी वर्षा हुने जनाइएको छ । आगामी शुक्रबारसम्मै वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । जसका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बद्ली भई हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा पर्ने खोला तथा नदीमा पानीको वहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक यातायात अवरुद्ध हुन सक्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

पूर्वका मेची, निन्दा, बिरिङ, मावा रतुवा र कन्काईको तल्लो तटिय क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले १० बजे सम्म सतर्क रहन शाखाले अनुरोध गरेको छ ।
यस्तै आज बिहान नारायणगढ मुग्लिन सडक खण्डको कालीखोला आसपासमा अति ठूलो वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको उच्च जोखिम रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७