राजधानी माग्दै वीरगञ्जमा तोडफोड र बन्द
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका हुन् । बन्दकर्ताहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुई वटा निजी कारमा तोडफोड गरेका छन् । आन्दोलनकारीले बिहानैदेखि सडक अवरुद्ध पारेका छन् । बन्दका क्रममा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन दिइएको छ । मोटरसाइकल, रिक्सा पनि सञ्चालनमा छन् ।
अस्थायी राजधानी जनकपुरलाई तोक्ने संकेत पाएदेखि नै वीरगञ्ज राजधानीका लागि आन्दोलित छ तर वार्ता र संवादका लागि पहल भएको छैन । सोमबार बिहान संघर्ष समितिको बैठक बसेर थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ । .gif)

.png)

