नेकपा दुर्घटना नजिक देखियो : योगेश भट्टराई


२०७७ श्रावण १३ मंगलबार ०९:५१ बजे

काठमाडौं, १३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले पार्टी विभाजनतिर गईरहेको अनुमान भइरहेका बेला स्वयम् नेकपाका नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक पुगेको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक स्थगित गरेको सूचना जारी गरेको अवस्थामा इतर समूहले बैठकलाई निरन्तरता दिएपछि भट्टराईले यस्तो बताएका हुन् ।

नेकपाका दुई अध्यक्षबीचको विवाद समाधान गर्न मध्यस्थताको भूमिका निर्वाह गर्दै आएका नेता योगेश भट्टराईले ट्वीटरमार्फत भनेका छन्, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔं । सल्लाह गरौं ।’

नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला ओली इतर समूहले स्थायी कमिटी वैठकलाई बैठकलाई निरन्तरता दिएको छ । बिहान प्रधानमन्त्री ओलीले एकल निर्णय गर्दै बैठक स्थगित गरेको बताए पनि अहिले इतर समूहले बैठकलाई निरन्तरता दिएको हो ।

अहिले भर्खरै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा नेकपा स्थायी कमिटी वैठक शुरु भएको छ । वैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् । यसअघि प्रचण्ड–माधव नेपाल र झलनाथ खनाल समूहले अध्यक्ष ओलीबारे वहुमत प्रक्रियाबाट निर्णय लिइने बताइसकेका छन् ।

उनीहरुले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । यता ओलीले भने दुवै पदबाट राजीनामा नदिने स्पष्ट पारिसकेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७