ओलीले वैठक स्थगित गर्न लगाएको भन्दै प्रचण्डसहित दर्जन नेता पुगे बालुवाटार


२०७७ श्रावण १३ मंगलबार ०७:०३ बजे

काठमाडौं, १३ साउन । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको भन्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका दर्जन नेता नेताहरु बालुवाटार पुगेका छन् ।

दुई अध्यक्षबीचमा सहमति नगरी ओलीले बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको सूचना नेताहरुले थाहा पाएपछि सचिवालय र स्थायी कमिटीका नेताहरु पनि बालुवाटार पुगेका छन् ।

आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठकका लागि भेला भएका नेताहरुले भने स्थायी कमिटी वैठक स्थगित नभएको बताएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित नभएको र आफूहरु बैठक कक्षमै रहेको जानकारी दिएका छन् । ‘हामी बैठक कक्षमा छौं । दुई अध्यक्षबीचको सहमतिमा आज ११ बजे बैठक बस्ने भनेर निर्णय भएको हो ।

त्यसलाई परिवर्तन गर्न कम्तीमा पनि दुई अध्यक्षको सहमति हुनुपर्छ । दुई अध्यक्षबीच सहमति भएको पनि हैन । त्यसकारण निर्धारित समय अनुसार हामी बैठकमा आएका छौं,’ प्रवक्ता श्रेष्ठले भने । बैठक सुचालु गरेर नियमित एजेण्डामा छलफल गर्ने तयारी अध्यक्ष दाहाल–नेपाल समूहको छ ।

यसअघि पार्टीका दुई अध्यक्षबीच छलफल बाँकी रहेकाले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको सूचना नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले दिएका थिए ।

‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७