कोरोनाबाट अति प्रभावित पेसा–व्यवसायलाई सहुलियत दिन ५० अर्बको कोष


२०७७ श्रावण २ शुक्रबार २१:३८ बजे

काठमाडौं, २ साउन । सरकारले चालु आर्थिक वर्ष २०७७–७८ को बजेटमा व्यवस्था भए अनुसार कोरोनाबाट अति प्रभावित पेशा–व्यवसाय सञ्चालनका लागि ५० अर्बको कोष कार्यान्वयनमा आउने भएको छ ।

मौद्रिक नीतिले उक्त कोष परिचालनको घोषणा गरेको हो । निश्चित मापदण्ड बनाएर ५० अर्बको कोष परिचालन गरिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

कोषको रकम पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलगायत व्यवसाय सञ्चालन र निरन्तरतामा उपयोग गरिने उनले जानकारी दिए छ । ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेलाई उद्यमशिलताको अवसर दिन यो रकम उपयोग हुने भएको छ । कोषको रकम बैक तथा वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजमा कर्जाका रुपमा उपलब्ध हुनेछ ।

कोरोनाबाट अतिप्रभावित उद्योग–व्यवसाय चालु गर्न सहजीकरण गर्ने उद्देश्यले ऋणीको आवश्यकता र परियोजना–व्यवसायको सम्भाब्यताका आधारमा २०७६ चैतमा कायम भएको चालु पूँजी कर्जाको सीमा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न सक्ने व्यवस्था समेत मौद्रिक नीतिले गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७