ह्याम्स अस्पतालमा एक जनालाई एक रातको शुल्क ३१ हजार
काठमाडौं, १ साउन । काठमाडौंको धूम्बारही स्थित ह्याम्स अस्पतालले एक रातको एक व्यक्तिको शुल्क ३१ हजार लिएको छ । कोरोना संक्रमण पुष्टि भएका नेपाल वायुसेवा निगमका कर्मचारीलाई ह्याम्स अस्पतालले एक रातको ३१ हजार लिएको हो ।
कोरोना संक्रमण पुष्टि भएको निगमका तीन पाइलटसहित १४ जना क्रू मेम्बरलाई निगमले ह्याम्स अस्पतालमा राखेको थियो । तर एकजनाकै दैनिक ३१ हजार तिर्न परेपछि नेपाल वायुसेवा निगमका कर्मचारीलाई ह्याम्स अस्पतालबाट सोल्टी होटलमा सारिएको छ ।
चार्टर्ड उडान गर्दै आएका पाइलट र क्रू मेम्बरलाई कोरोना संक्रमण पुष्टि भएको थियो । निगम स्रोतका अनुसा उनीहरुलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा राखिएको थियो ।
तर, सशस्त्र प्रहरी बलको अस्पतालमा राम्रो व्यवस्था नभएको भन्दै पाइलट र क्रू मेम्बरले आपत्ति जनाएपछि ह्याम्स अस्पतालमा राखिएको थियो । ह्याम्स अस्पतालले अन्य बिरामीलाई पनि चर्को शुल्क लिने गरेको सेवाग्राहीको गुनासो छ ।