टुकुचाको अतिक्रमण हटाएर सुन्दर र व्यवस्थित बनाइने


२०७७ असार २९ सोमबार १०:४१ बजे

काठमाडौं, २९ असार । सरकारले शहरी सुन्दरता झल्कनेगरी टुकुचा खोलाको व्यवस्थापन गर्ने भएको छ ।

६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि शहरी विकास मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको र आगामी आर्थिक वर्ष यसको व्यवस्थापनको काम गर्ने जनाएको हो ।

मध्य शहरबाट बग्ने टुकुचाको दायाँबायाँ किनार मिचेर बनाइएको संरचना भत्काएर व्यवस्थितरुपमा बाटो र ट्रयाक निर्माण गरिने पनि मन्त्रालयको योजना छ । आज शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले टुकुचा खोला आसपासको अनुगमनका क्रममा शहरलाई सुन्दर बनाउनका लागि टुकुचा खोलाको दायाँ–बायाँ किनारालाई व्यवस्थित बनाइने बताएका हुन् ।

छ किलोमिटर क्षेत्रलाई सुन्दर र प्राकृतिक बहावमा ल्याउनका लागि यो आवमा रु २० करोड खर्च गरिने मन्त्री मानन्धरले बताए । सुन्दर शहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएको बताउँदै मन्त्री मानन्धरले सरकारले शहरी क्षेत्रको सुन्दरतालाई विशेष ध्यानमा राखेको बताए । उपत्यकालाई व्यवस्थित र सुन्दर बनाउन सरकारले दीर्घकालीन योजनासहित काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले आगामी वर्षको अन्त्यसम्म टुकुचाको रुप फेरिने दाबी गरे ।

अनुगमनमा अधिकार सम्पन्न एकीकृत वाग्मती आयोजनाका प्रमुख लीलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँबायाँ ढलसहित खोलामा शुद्ध पानीमात्र बगाउने योजना बनाइएको जानकारी दिए ।

ढकालले डिपिआर निर्माणको काम थालनी गर्न लागिएको समेत बताए । प्रदेशसभा सदस्य केशव स्थापितले टुकुचा काठमाडौंको सभ्यता भएकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७