काठमाडौंमा सनराइज बैंकको एकैपल्ट पाँच शाखा थप

काठमाडौं, २८ असार । सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपल्ट पाँच वटा नयाँ शाखा कार्यालय थपेको छ ।
बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा चार वटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो ।
बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको हो ।
शाखा कार्यालयहरुको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कोभिड १९ को असरका कारण खर्च कटौतिमा ध्यान दिनुपर्ने अवस्था आए पनि पूर्व निर्धारित योजना अनुसार शाखा कार्यालयहरु सञ्चालनमा ल्याइएको जानकारी गराएका छन् ।
उनले शाखा कार्यालयको विस्तार भएसँगै त्यस क्षेत्रका नागरिकहरुका लागि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।
सनराइज बैंकको नयाँ शाखा कार्यालयहरु स्थापना भएसँगै शाखा कार्यालयको संख्या १३४ पुगेको छ । यस्तै बैंकले देशभर १६० एटीएम काउन्टर, ४८ वटा शाखारहित बैंकिङ र १० एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।