भारतीय व्यवसायी मुकेश अम्बानी बने विश्वको सातौं धनी
काठमाडौं, २७ असार । भारतीय रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी विश्वकै सातौं धनी व्यक्ति बन्न सफल भएका छन् ।
फोर्ब्स रियल टाइम बिलिनियर्स सूची अनुसार अम्बानी यही शुक्रबार २ बिलियन अमेरिकी डलर पूँजी थप्दै ७० दशमलब १ बिलियन डलरसहित विश्वको सातौं धनीको सूचीमा परेका हुन् । यससँगै अम्बानी भारतका सर्वाधिक धनाढ्य बन्न सफल भएका छन् । फोब्र्सले यही शुक्रबार सूची तयार पारेको थियो ।
अम्बानीले आफ्नो जिओ प्लेटमर्फमा फेसबुकका मालिक मार्क जुकरबर्गको समेत लगानी भित्र्याएका छन् । विश्वकै धनी व्यवसायीमा भने अमेजनका मालिक जेफ बेजोस परेका छन् । १८६ दशमलब ८ बिलियन अमेरिकी डलर पूँजीसहित उनी पहिलो सूचीमा पर्न सफल भएका हुन् । यस्तै माइक्रोसफ्टका मालिक बिल गेट्स दोस्रो नम्बरमा छन् ।