म्याग्दी बाढी पहिरोमा बेपत्ता ३४ मध्ये १२ जनाको शव भेटियो, २२ जनाकाे खोजी जारी


२०७७ असार २७ शनिबार १२:०६ बजे

म्याग्दी, २७ असार । म्याग्दीमा शुक्रबारको बाढी–पहिरोमा परी बेपत्ता भएका ३४ जनामध्ये आज (शनिबार) बिहानसम्म १२ जनाको शव भेटिएको छ । २२ जना भने अझै हराइरहेका छन् ।

मृतकहरुको पहिचान भने खुल्न बाँकी रहेको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरण कुँवरले जानकारी दिएका छन् । भर्खर मात्र आफू घटनास्थलमा पुगेको जानकारी दिंदै डिएसपी कुँवरले भने, ‘थप बुझेर जानकारी गराउँला ।’

शुक्रबार पहिरोमा परि म्याग्दीको धौलागिरी गाउँपालिका ६ मराङमा २१ जना, मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ मा दुखुमा एक जना बेपत्ता भएका थिए ।

धौलागिरी गाउँपालिका ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा २ जना गरी १२ जनाको शव फेला परेको हो । बेपत्तामध्ये तीन जनाको शव हिजै फेला परेको थियो । आज थप नौ जनाको शव फेला परेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७