११ वर्षीया बालिकाको बलात्कारपछि हत्या, नग्न अवस्थामा भेटियो शव
जनकपुुर, १९ असार । जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या भएको छ । उनको बलात्कारपछि हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।
बालिकाको शव नग्न अवस्थामा भेटिएकाले कसैले बलात्कार गरी हत्या गरेको हुुनसक्ने प्रहरीको भनाइ छ । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीय बालिकाको हत्या भएको हो । बालिकाको शव शुक्रबार मध्याह्न १२ बजे घरभन्दा एक किलोमिटर पर दूधमती नदीमा फेला परेको छ ।
बुधबार दिउँसो ११ बजे भैंसी चराउन गएकी ती बालिका एकाएक बेपत्ता भएको उनका दाजुले जानकारी दिएका छन् । प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
बालिका बेपत्ता भएकै दिनदेखि व्यापक खोजविन गर्दा उनी फेला परेकी थिइनन् । शुक्रबार बिहान सो क्षेत्रमा गन्ध फैलिएपछि किसानले हेर्दा दूधमती नदीमा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि अस्पताल लगिँदैछ ।