भारतीय राजदूत भन्छन् ‘सीमा मिचेका छैनौं’


२०७४ माघ १२ शुक्रबार ०४:१८ बजे
काठमाण्डौं, १२ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले एक इञ्च मात्र सीमा मिचेको भए नछाड्ने चेतावनी दिएपछि भारतीय राजदूत मञ्जिभसिंह पुरीले भारतले नेपालको कुनै भूमि नमिचेको दावी गरेका छन् । उनले पर्सा जिल्लाको केही क्षेत्र भारतले मिचेको भन्ने खबर हल्ला मात्र भएको दावी गरेका छन् । नेपाल–भारत सम्बन्धबारे काठमाण्डौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राजदूत पुरीले दुई देशबीचको सीमा सम्झौता अनुसार नयाँ पिलरहरू गाड्ने काम भईरहेको जानकारी गराएका छन् । उनले ‘१९९८ मा दुई देशबीच भएको सम्झौता अनुसार नै अहिले काम भइरहेको बताएका छन् । सीमाङ्कन र स्ट्रिप म्यापअनुसार नै पिलरहरू राख्ने काम भएको उनले स्पष्ट पारेका छन् । उनले दुई देशका अधिकारीहरूले स्थलगत अध्ययनका क्रममा सीमा नमिचेको पुष्टि गरिसकेको उल्लेख गर्दै भने–‘अहिले देखिएको विवादबारे दुवै सरकारबीच छलफल हुन्छ ।’ राजदूत पूरीले नयाँ सरकारसँग भारत काम गर्न उत्सुक रहेको बताएका छन् । जुनसुकै दलको सरकार बने पनि भारतले स्वागत गर्ने भन्दै उनले नयाँ सरकारसँग मिलेर दुई देशको हितमा काम गर्ने स्पष्ट पारे । ‘अब कस्तो सरकार बन्छ, कुन दलको बन्छ, त्यो हाम्रो चासोको विषय होइन’–राजदूत पुरी भन्छन्–‘नेपालका जनताले जुन सरकार बनाउँछन्, भारत त्यो सरकारसँग सौहार्द रूपमा काम गर्छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका ठूला दलका शीर्ष नेताहरूलाई फोनमा बधाई दिएर राजनीतिक उच्च तहमा सौहार्दता देखाइसकेको उनले उल्लेख गरेका छन् । वीरगन्जको सिर्सिया नदी क्षेत्रमा भारतीय पक्षबाट नेपाली भूमि मिचिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । यता राजनीतिक दलका भ्रातृ संगठनहरूले सीमा क्षेत्र पुगेर विरोध गरेका छन् । तर, सरकारले भने सीमा नमिचिएको जनाइसकेको छ । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सुगौली सन्धिअनुसार नदीलाई स्थिर सीमा मान्दा भूमिमा तलमाथि भए पनि भारतले मिचेको भन्ने ‘हल्ला मात्रै भएको’ स्पष्ट पारिसकेका छन् । .

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७