मध्यरातमा गठित ‘जनता समाजवादी पार्टी’ ले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन


२०७७ बैशाख ११ बिहीबार ११:५५ बजे

काठमाडौं, ११ वैशाख : बुधबार मध्यराती समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता गरी गठन गरिएको नयाँ दल जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निवेदन दर्ता भएको छ ।

बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ काे निवेदन दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ ।

आयोगको कार्यालय खुल्नासाथ समाजवादी पार्टीका उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायत नेताहरु कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन्। निवेदनका आधारमा निर्वाचन आयोगले कागजात अध्ययन गरी पछि आवश्यक निर्णय गर्नेछ ।

निवेदन दर्तापछि नेता शरतसिंह भण्डारीले दुई दलबीच भएको सहमति आयोगमा पेश गरेको र आयोगले प्रक्रिया सुरु गर्ने बताए । उनले आयोगले मागेको कागजात छिटै पेश गर्ने बताए ।

त्यस्तै नेता उपेन्द्र यादवले जनता समाजवादी पार्टी गठनको जानकारी गराएको बताए । त्यस्तै नेता केशव झाले एकताको सहमतिपत्र बुझाएको र केन्द्रीय कमिटिको हस्ताक्षर लकडाउनपछि बुझाउने जानकारी दिए ।

https://youtu.be/x84Ei5u_mDw

राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार एकीकरण पश्चात दल दर्ताका लागि निवेदन दिएपछि आवश्यक कागजात छानविन गरी ४५ दिन भित्र दल दर्ताको प्रमाण पत्र दिनुपर्ने व्यवस्था छ ।

बुधबार मध्यरात समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गर्ने सहमति भएको थियो । बुधबार मध्यरातमा दुई पार्टीका नेताहरूबीच एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ।
एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातार हरियो रंगको बिचमा तारा हुने छ। एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुने छ। पार्टी एकता समानताको आधारमा हुने सहमतिपत्रमा उल्लेख छ ।

सरकारले सोमबार मात्र पार्टी फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो । अध्यादेश आए लगत्तै समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाउनेत तयारी थियो ।

यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङले समाजवादी फुटाउने तयारी गरे लगत्तै त्यसलाई रोक्न मध्यरातमा पार्टी एकताको घोषणा गरिएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७