प्रधानमन्त्री ओलीबाट लोकतन्त्रमाथि खतरा छ, अब लड्छौं : राजेन्द्र महतो {भिडियाे}


२०७७ बैशाख ११ बिहीबार १६:१५ बजे

काठमाडौं, ११ वैशाख :  ‘जनता समाजवादी पार्टी’का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै लोकतन्त्रमाथि खतरा रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीको लोकतन्त्र बिरोधी कदम विरुद्धको सबै एकजुट भएर सामना गर्ने नेता महतोको भनाई छ ।

https://youtu.be/lVpukRy7JEg

विहिबार नयाँ दल दर्ता गर्नका लागि निर्वाचन आयोगमा पुगेका नेता महतोले प्रधानमन्त्री ओली लोकतन्त्रलाई सिध्याउन सक्रिय भएको उनको दाबी छ । त्यसकै निम्ती पार्टी फुटाउन सहज बनाउने प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको उनको जिकिर छ । यो अध्यादेश तत्काल फिर्ता गरिनुपर्ने पनि महतोले बताए । 

नेता महतोले समाजवादी पार्टी फुट्ने हल्ला सत्य नभएको दाबी गरे । राजपा र समाजवादीमा फुट हुने कुनै सम्भावना नरहेको उनको भनाई छ ।

एकताको बाँकी काम लकडाउन हटेपछि गर्ने उनको भनाई छ । अब प्रधानमन्त्री ओलीले राजपा र समाजवादी फोड्न नसक्ने पनि बताए । उनले भने, ‘आफ्नै पार्टी फोड्ने भए फोडे हाम्रो सक्दैनौं ।’

महतोले अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको उनको भनाई छ ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७