समाजवादी पार्टीकी सांसद रेणुका गुरूङ एकिकृत पार्टीमै रहने


२०७७ बैशाख ११ बिहीबार १९:५५ बजे

काठमाडौं, ११ बैशाख । समाजवादी पार्टीकी संघीय सांसद रेणुका गुरुङ एकिकृत पार्टीमै रहने भएकी छिन् । समाजवादी फोरमबाट छुट्टिएर उपाध्यक्ष रेणुुकुमारी यादवको अध्यक्षतामा बन्ने नयाँ पार्टीमा जाने सांसदको नामावलीमा आफनो नाम आएको भन्दै बिहिबार बिहानै आपत्ती जनाएकी हुन् ।

उनले  पार्टी एकिकरण भएर बनेको जनता समाजवादि पार्टीको सम्पुर्ण पदाधिकारीलाई बधाई दिँदै उपाध्यक्ष रेनुकुमारी यादवको नेतृत्वमा छुट्टै पार्टि खोल्ने समूहमा नाम जोडिएको कुरा भ्रामक भएको सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्ट पारेकी छिन् ।

उनले भनेकी छिन्,‘समाजवादि पार्टिबाट अलग भएर तत्कालिन पार्टिका उपाध्यक्ष रेनुकुमारी यादवको नेतृत्वमा छुट्टै पार्टि खोल्ने समूहमा मेरो नाम समेत जोडिएर आएको भ्रामक खबर सम्प्रेषण भएको हुँदा यसप्रति मेरो गम्भीर ध्यानआकर्षण भएकोले, जोडदार खन्डन गर्दछु।’

उपेन्द्र यादव र डा. बाबुरम भट्टराई नेतृत्वको समाजवादी पार्टी र  राष्ट्रिय जनता पार्टी नेपालसँग एकता गरेको केही बेरमै  समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व समाजवादी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका समाचार आएको थियो । ।

समाजवादी पार्टीकी नेतृ रेणु यादवकाे नेतृत्वमा  सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ चर्चामा रहेकाे छ ।

सरकारले सोमबार पारित गरेको अध्यादेशले कुनै पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलको ४० प्रतिशत सदस्यले चाहेमा सो पार्टी विभाजन गर्न सक्ने प्रावधान छ । तर उनी यस समुहबाट बाहिरी  नयाँ पार्टी बनाउन झनै कठिन देखिन्छ ।  समाजवाद पार्टीको सांसदमा १६ जना सांसद रहेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७