प्रहरीबिरुद्ध मानवअधिकार आयोगमा अनेरास्ववियुको उजुरी दर्ता


१७:४४ बजे

काठमाडौं: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रहरीलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी गरेको छ ।

शान्तिपूर्ण आन्दोलनमा लाठी र अँश्रु ग्यास प्रहार गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै मंगलबार आयोगमा उजुरी हालेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । यही पुस १८ गते इन्धनको मूल्य बृद्धिबिरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला अमानवीय ढंगले प्रहरीले कुटपिट गरेको भन्दै अनेरास्ववियुले कारबाहीको माग गरेको छ ।

उक्त आन्दोलनका क्रममा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला, महासचिव ऐन महर र शेखर बोहरा लगायत घाइते भएका थिए । शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्ने प्रहरीलाई कारबाहीका लागि आफूहरु अदालत जाने तयारीमा रहेको समेत सचिव लामिछानेले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७