उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया गएकी ललितपुरकी रमिलाको मृत्यु


२०७६ फाल्गुण ६ मंगलबार ०९:५६ बजे

काठमाडौं, ६ फागुन । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी ललितपुरकी एक युवतीको उतै मृत्यु भएको छ ।

ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी गएकी रमिला मर्हजनको मृत्यु भएको हो । दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो । त्यसको उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए । रमिलाको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ । दुई वर्षअघि मात्रै उनको विवाह भएको थियो ।

रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इङ्लिस स्कुलबाट एसएलसी गरी बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन् । रमिलाको मृत्युप्रति अनन्त स्कुलका प्रिन्सिपल गोपालप्रसाद घिमिरेले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७