म्याराथनमा नेपालका किरणले दिलाए स्वर्ण, नेपालको स्वर्ण ४२ पुग्यो
काठमाडौं , २१ मंसिर । नेपालका किरण सिंह बोगटिले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई म्याराथनमा स्वर्ण पदक दिलाएका छन् ।
शनिबार दशरथ रंगशालामा आएर टुंगिएको म्याराथनमा किरणले भारतीय खेलाडीलाई पछि पार्दे स्वर्ण दिलाएका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरे।
भारतका रसपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक पाए । भारतका श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेन्डमा दूरी पूरा गर्दै कास्य जिते ।
यससँगै दक्षिण एसियाली क्षेत्रको म्याराथनमा नेपालले दवदवा कायम राखेको छ । विगतमा वैकुण्ठ मानन्धरको तीन तथा टिका बोगटी र राजेन्द्र भण्डारी १–१ पदकसँगै नेपालले ५ स्वर्ण जितिसकेको थियो ।
जारी सागमा एथ्लेटिक्सबाट नेपालले जितेको तेस्रो पदक हो । योसँगै नेपालले समग्रमा जारी सागमा ४२ औं स्वर्ण भएको छ।
स्वर्ण पदक जित्ने खेलाडी
१. कराते (एकल काता) मण्डेकाजी श्रेष्ठ
२. कराते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता, महिला) निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि) -विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी) -कुसुम खड्का
७.कराते (५० केजी मूनि) -अनु अधिकारी
८.कराते (६७ केजी)-नवीन रसाइली
९.कराते (६८ केजी) -सुनिता महर्जन
१०. कराते (६८ केजी) -अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३-२९ वर्ष ) कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७-२३ वर्ष ) -सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३-२९ वर्ष ) पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) -आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७-२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३-२९ वर्ष) निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि) -काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) वीरबहादुर महरा
२०.ट्रायथलन सोनी गुरुङ
२१.डुवाथोलन हिमाल टमाटा
२२. उसु (थाउलो) विजय सिन्जाली
२३. उसु (थाउलो) सुस्मिता तामाङ
२४. उसु (थाउलो) -दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर) -सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) सक्षम कार्की
३०. उसु (थाउलो(नान्दौ) निमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्री) लक्ष्मी मगर
३२. साइक्लिङ (क्रस कन्ट्री) -बुद्धिबहादुर तामाङ
३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह
३४. तेक्वान्दो (८७ केजी) भुपेन श्रेष्ठ
३५. भारोत्तोलन (५९ केजी) सन्जु चौधरी
३६. उसु (५६ केजी) जुनी राई
३७. एथ्लेटिक्स (५ हजार मिटर दौड) गोपीचन्द्र पार्की
३८. गल्फ (एकल) सुवास तामाङ
३९. गल्फ (टिम) पुरुष टिम
४०. भारोत्तोलन (८९ केजी) विकास थापा
४१. पाैडी २००मिटर ब्याकस्ट्रोक (गाैरीका सिंह)
४२. म्याराथन : किरण सिंह बोगटि