संसदमा पस्यो बाँदरको समस्या, सांसद भण्डारीले भनिन्, ‘बाँदरले नोक्सान गरे, व्यवस्था गरियोस्’


२०७६ असार ५ बिहीबार २३:५४ बजे

काठमाडौं, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद मैनाकुमारी भण्डारीले बाँदरको समस्या हटाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले गुल्मी जिल्लामा किसानहरूले लगाएको बाली फूल्न नपाउँदै बाँदरहरूले नोक्सान गरिदिने गरेका कारण किसान ठूलो समस्यामा रहेको बताएकी छन् ।

उनले भनिन्, ‘बाँदरको कारण १५ घरपरिवार त्यहाँबाट बसाइँ सरिसकेका छन् । खेतबारीहरू बाँझै भइरहेको अवस्था छ ।’ सरकारले कृषि आधुनिकीकरण गर्ने भनिरहँदा यो बाँदरहरूको व्यवस्था नगर्दासम्म गुल्मीलगायत पहाडी जिल्लाहरूमा समस्या नहट्ने उनले बताइन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७