दिल्लीमा भाइ भेट्न गएकी नेपाली महिलामाथि सामुहिक बलात्कार


२०७६ जेठ १ बुधबार ०२:४९ बजे

काठमाडौं, १ जेठ । काठमाडौंबाट भारतमा रहेका भाइ भेट्न गएकी एक नेपाली २४ वर्षीया महिलामाथि दिल्लीमा सामुहिक बलात्कार गरिएको छ ।

काठमाडौंबाट आफ्नो भाइलाई भेट्न मुम्बई जाने क्रममा ती महिला चार जना पुरुषबाट बलात्कृत भएकी हुन् । दिल्ली प्रहरीले ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । ती महिलाले आफूलाई बलात्कार गर्ने पुरुषहरुको नाम पनि प्रहरीलाई दिएकी छिन् । उनले ती पुरुषमध्ये एक जनाको फोन नम्बर पनि प्रहरीलाई दिएकी छिन् ।

पीडित महिलाले आफू काठमाडौंबाट आएको बताएकी छिन् । उनी शनिबार नै दिल्ली पुगेकी थिइन् । उनी दिल्लीबाट मुम्बईको लागि रेल चढ्ने तयारीमा थिइन् । तर उनको मुम्बई जाने रेल छुट्यो ।
उनले मुम्बई प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘म दिल्लीको द्वारका नजिकको एक बजारमा थिएँ ।

त्यहाँ एक जना पुरुषसँग भेट भयो र उनले मलाई शहरसम्म पुग्नको लागि सहयोग गर्छु भन्यो । ती पुरुषले केही समय आराम गर्न भन्दै एउटा घरमा लिएर गयो । घरमा पुगेपछि ती युवकले उनीमाथि यौन दुव्र्यवहार गर्न थाले । पछि उनले आफ्ना तीन जना साथीलाई बोलाए र ममाथि बलात्कार गरे ।’

बलात्कृत भइसकेपछि उनी लरखराउँदै रेलमा चढेर मुम्बईसम्म आइपुगेको प्रहरी अधिकारीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । घटनाका सबै विवरण र पीडकको फोन नम्बर दिल्ली पुलिसलाई दिएको र दिल्ली पुलिसले नै घटनाको अध्ययन, अनुसन्धान गर्ने ओशिवारा पुलिस थानाका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७