‘जात्रै जात्रा’ मा सुन काण्ड मात्र छैन : बिपिन
काठमाडौं, बैशाख । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘जात्रै जात्रा’ मा नायक विपिन कार्की ‘फणिन्द्र’ नामको पात्रको भूमिकामा छन् । नायक कार्कीले चलचित्र ‘जात्रै जात्रा’ लाई पूर्णरुपमा व्यवसायिक चलचित्र भनेका छन् । उनले भने–‘यसपटक हामीले चलचित्रलाई पूर्ण कमर्सियल बनाएका छौँ ।’
चलचित्रमा सुन काण्ड मात्र नभएको उनले बताए । विपिनले भने–‘जात्रा’ भन्दा जात्रै जात्राले अझै दर्शकलाई मनोरञ्जन दिन्छ भन्ने आशा छ । ‘जात्रा’ ले दर्शक र समीक्षक दुबैको तारिफ पाएको थियो, जात्रै जात्रा समीक्षकका लागि होइन त भन्ने प्रश्नमा विपिनले भने– ‘यसपटक चलचित्रलाई पूर्ण व्यवसायिक बनाइएको छ । समीक्षकलाई मन पर्न पनि सक्छ, मन नपर्न पनि सक्छ ।’
विपिनले यो चलचित्रबाट आफू पूर्णरुपमा आशावादी रहेको समेत सुनाए । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा विपिनको अलवा दयाहाङ राई, बर्षा राउत, रविन्द्र झा, रविन्द्रसिंह बाँनिया लगायतका कलाकारको मुख्य भूमिका छ ।