१० ओभरमा जनकपुरले बनायो १०५ रन, दबावमा सुदूरपश्चिम


२०८१ पौष ६ शनिबार २२:५४ बजे

काठमाडौं । नेपाल प्रिमियर लिगको फाइनलमा जनकपुर बोल्ट्सले १० ओभरमा १०५ रन बनाएको छ । १० ओभरमा जनकपुरले २ विकेट गुमाउँदै १०५ रन बनाएको हो ।

जनकपुरले पावरप्लेमा बिना कुनै विकेटको क्षति ७१ रन बनाएको थियो । त्रिवि क्रिकेट मैदानमा जनकपुरले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेख क्याच आउट भए । उनले पहिलो विकेटका लागि लाहिरु मिलान्थासँग ७३ रनको अर्धशतकीय साझेदारी गरे । 

आसिफले २४ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाए । उनी सैफ जैबको बलमा ब्रान्डन म्याकमुलेनको हातमा क्याच भए । दोस्रो विकेट १०औं ओभरको अन्तिम बलमा मोहम्मद मोसिनको विकेट गयो ।  उनलाई इशान पाण्डेले बोल्ड आउट गरे । उनले ८ बलमा १ छक्कासहित ९ रन बनाए ।  अहिले क्रिजमा ओपनर लाहिरु मिलान्था ५७ रनमा खेलिरहेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७