नेपालले दुई सेट रेल खरिद गर्न सम्झौता


२०७६ बैशाख २८ शनिबार ०५:१५ बजे

काठमाडौं, २८ बैसाख । नेपालले दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार सम्झौतामा २ सेटमध्ये पहिलो सेट ३ महिनाभित्र उपलब्ध गराउने भनिएको छ ।

‘सम्झौता भइसकेपछि उक्त कम्पनीले अग्रिम बैंक ग्यारेन्टी राख्नु पर्ने हुन्छ, त्यसपछि हामीले अग्रिम भुक्तानी स्वरुप पेश्की दिनु पर्ने हुन्छ,’ सचिव अधिकारीले भने । पेश्की दिएको मितिबाट १ सय २० दिनभित्र रेलको सेट ल्याउनुपर्ने सम्झौता भएको छ । दोस्रो सेट रेल खरिदका लागि पेश्की रकम दिएको १ सय २० दिनमा उपलब्ध गराउनु पर्ने हुन्छ ।

‘हामीले जुन दिन मोभिलाईजेशन रकम उपलब्ध गराउँछौं,’ उनले भने, ‘त्यही दिनबाट उसले रेल उपलब्ध गराउनुपर्ने समयको गणना हुन्छ ।’ भारतीय कम्पनीले रेलको सेट पठाएपछि सञ्चालनमा ल्याइने छ । ‘यो काम छिट्टै गर्ने भनेर लागिपरेका छौं,’ सचिव अधिकारीले भने, ‘सम्झौता भएको करिब १० दिनभित्रमा पहिलो सेट ल्याउने तयारी शुरु हुने छ ।’ कान्तिपुर दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७